‘गोर्खा वारियर’ फागुन ११ मा रिलिज हुने, भारत र कोरिया रिलिज तयारी


गोर्खा सैनिकको बहादुरीको कथामा आधारित चलचित्र ‘गोर्खा वारियर’ फागुन ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ। गत भदौमा बेलायतस्थित प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर गरिएको चलचित्र ‘ब्रिटिश एकेडेमी फिल्म अवार्ड’ (बाफ्टा)मा समेत छनोट भएको थियो।

मिलन चाम्स निर्देशित चलचित्रको भारत र दक्षिण कोरियाका लागी प्रदर्शन अधिकार बिक्रि भैसकेको छ। नेपाली, अंग्रेजी र हिन्दी गरि तीन भाषामा तयार भएको चलचित्रको कोरियन भाषामा स्वरांकन हुदै रहेको निर्माण टिमले जानकारी दिएको छ। रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशिष गुरुङलगायतको अभिनय रहेको चलचित्र सन् १९४९ मा भएको ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खा सैनिकले देखाएको बहादुरीको कथालाई उठाइएको छ। मिलन चाम्स, सुमन राई र सुस्मिता वाइवा निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता प्रशान्त थापा र राजेन्द्र घिमिरे हुन् ।

प्रतिक्रिया दिनुहोस्