प्रमोद खरेल र रोजिना बस्नेतको ‘तिम्रो साथ बिना’


भ्वाइस अफ नेपालको नयाँ सिजनको फाइनल नजिकिदै गएको छ। प्रतिष्पर्धीहरु बाहिरिने क्रम पनि उस्तै रहेको छ। यहि सिजनबाट बाहिरिएकी प्रतिभाशाली गायिका रोजिना बस्नेतसंग कोच तथा गायक प्रमोद खरेलले नयाँ गीत निकालेका छन्।

‘तिम्रो साथ बिना’ बोलको गीतमा अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको छ। गीतको भिडियोमा प्रमोद र रोजिना फिचर रहेका छन्। अर्जुन तिवारीको कन्सेप्ट र निर्देशनमा तयार भएको भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ। बुद्ध थापाले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्