‘गाउँ नै रमाइलो’ मा मिरुना मगर अनुबन्धित, आर्यन र दयासंगै देखिदै


दिनेश राउतको निर्देशनमा तयार हुने चलचित्र ‘ गाउँ नै रमाइलो’ मा अभिनेत्रीको रुपमा मिरुना मगरको इन्ट्री भएको छ। चलचित्रमा दयाहाङ राइ र आर्यन सिग्देल मुख्य भूमिकामा अनुबन्धित भैसकेका छन्।

हिमाल कडरियाको निर्माण रहेन चलचित्रमा बुद्धि तामाङ्ग पनि मुख्य भूमिकामा अनुबन्धित भएका छन्। विकास सुवेदीले कथा रहेको चलचित्रको सुटिङ्ग ‘पुजार सार्की’ को सुटिङ्ग सम्पन्न भएपछि हुनेछ। क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुने चलचित्र आगामी वर्षको दशैमा रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्