‘पर्खि बसेँ तिमीलाई’ शिर्ष गीत: रोमान्टिक मुडमा किरण र रक्षा


प्रमोद खरेल र अनु चौधरीको स्वरमा रहेको चलचित्र ‘पर्खि बसेँ तिमीलाई’ को शिर्ष गीत सार्वजनिक भएको छ। महेश खड्काको संगीत र डाक्टर कृष्णहरी बरालको शब्द रहेको गीतको अडियो कर्णप्रिय बनेको छ । भिडियोमा डेव्यु कलाकार किरण श्रेष्ठ र रक्षा बुढाथोकी रोमान्टिक भावमा देखिएका छन्।

लभ स्टोरी कथामा बनेको चलचित्रको गीत दर्शकलाई मिठासपूर्ण लाग्नेछ। रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा दुवैको प्रेम देखाईएको छ।

दिपक श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र पौष २७ गतेबाट रिलिज हुदैछ। चलचित्रमा किरण र रक्षाको साथमा शिव श्रेष्ठ, अनिशा रसाइली, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय छ । रोमन फिल्म र तपश्री फिल्मस् (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा राजाराम बुढाथोकीको लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्