‘डिग्री माइला’ पोष्टरमा गम्भीर दयाहाङ राई, नयाँ बर्षमा रिलिज


रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ को फस्ट लुक पोस्टर रिलिज भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई एकल रुपमा प्रस्तुत गरिएको छ। पोस्टरमा उनलाई काठको बेन्चीमा गम्भिर मुद्रामा केही सोचिरहेको अवस्थामा देख्न सकिन्छ। उनले चश्मा समेत लगाएका छन्। यो सँगै उनलाई जुँगा पालेको पनि देख्न सकिन्छ।

बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो चलचित्रले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ। यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ। सोही नाटकलाई चलचित्रका रुपमा पर्दामा प्रस्तुत गर्न लागेको बताइन्छ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्ले चलचित्र निर्माणका लागि सुस्मा फिल्मस्सँग सहकार्य गरेको छ। चलचित्रमा दयाका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ। चलचित्र नयाँ वर्षको अवसरमा रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्