‘ह्रस्व दीर्घ’ सेटमा विपना थापाका आँखामा छल्किएको आँशु


अभिनेत्री विपना थापा कुनै समय नेपाली चलचित्र क्षेत्रमा चल्तीकी अभिनेत्रीको रुपमा रहेकी थिइन्। १०० बढी चलचित्रमा अभिनय गरेकी विपना थापा विवाह गरेर भारतको मथुरामा बस्दै आएकी छिन्। चलचित्रका कार्यक्रम र अन्य समयमा नेपाल आउने जाने क्रम भए पनि चलचित्रमा अभिनय भने विपनाले नगरेको झन्डै १३ बर्ष बितिसक्यो। उनै विपना चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत अभिनयमा कमव्याक गरेकी छिन्।

केहि समय अगाडी नेपाल आएकी विपना यतिवेला चन्द्र पन्तको एक्सन कटमा चितवनमा चलचित्रको सुटिङ्ग गरिरहेकी छिन् । निता ढुंगाना र हरिहर अधिकारीको निर्माणमा बनिरहेको चलचित्रको पहिलो टेक अगाडी विपनाका आँखा रसाएका थिए। अभिनेत्री निता ढुंगानाले शेयर गरेको एक भिडियोमा उनले उक्त भाव पोखेकी छिन्। मेकअप गर्दै गरेको एक भिडियोमा पनि विपनाका आँखामा आँशु देखिएको छ। उत्साह, नर्भस र सवै कुराको मिश्रण भाव पोखिएको उनले प्रतिक्रिया दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्