पूजाले स्विकारिन् युद्धसंगको प्रेम


पूजा शर्मा नेपाली चलचित्र क्षेत्रको एउटा यस्तो नाम हो जो सधै चर्चामा रहने गर्दछ। विवाद र चर्चामा रहने पूजा अभिनित नयाँ चलचित्र यतिबेला सफलताका साथ प्रदर्शन भैरहेको छ। ‘म यस्तो गीत गाउँछु २’ लगातारको लकडाउनले थालिएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन कोशेढुंगा सावित भएको छ। व्यापरिक हिसाबले सफल बनेको चलचित्रको प्रमोशनको दौरान र रिलिज पछी पनि पूजा विवादमा रहिन्। उनका केहि अभिव्यक्ति उनकै लागी भारी परे।

चर्चामा रहने पूजा प्रेम सम्बन्धका कारण पुन चर्चामा आएकी छिन्। केहि समयबाट उनको प्रेमजीवन युद्ध बानियाँ संग रहेको चर्चा थियो। पूजाले यो बिषयमा आफ्नो मौन स्वीकृति मात्र दिदै आएकी थिइन्। तर उनले युद्धसंगको प्रेम स्वीकारेकी छिन्। आफ्नो सामजिक संजालमा दुवैको तस्विर शेयर गर्दै पूजाले युद्धसंगको प्रेम स्विकार गरेकी हुन्। युद्धसंगका रोमान्टिक तस्विर शेयर गर्दै उनले आफ्नो प्रेम स्विकार गरेकी हुन्। दुवै विवाहको तयारीमा समेत रहेको चर्चा चल्दै आएको छ। निकटसमयमा नै दुवै वैवाहिक जीवनमा बाधिने तयारीमा रहेको चर्चा छ।
चलचित्र क्षेत्रमा सफलता हासिल गरेकी पूजा र आफ्नो व्यवसायमा सफल रहेका युद्ध दुवैलाई हाम्रो तर्फबाट प्रेम जीवन सफलताको शुभकामना।

प्रतिक्रिया दिनुहोस्