बाबु र छोरीको कथा बोलेको चलचित्र ‘चित्रा’ को टिजर कस्तो छ ?


बाबु र छोरीको कथासँगै पारिवारिक विषय र द्धन्द्ध समेटिएको चलचित्र ‘चित्रा’ को टीजर सार्वजनिक भएको छ। घनश्याम लामिछाने निर्देशित चलचित्रको टीजरमा सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाललाई स्थान देखाइएको छ ।

चलचित्रमा विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ । आशिष थापा मगर निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा अभिनेता सन्तोष अधिकारी रहेका छन्। अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको चलचित्रमा राजनराज शिवाकोटीको संगीत रहेको छ।

सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको चलचित्र पौष २७ गतेबाट रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्