म गर्भवती भएकै कारण अमेरिका जान नपाउने हो? – रेखा थापा


आफ्नो पहिलो सन्तानलाई जन्म दिने खुशी यतिबेला रेखाले संगालिरहेकी छिन्। रेखा माघ महिनामा आमा बन्दै छिन्। पति बलराम शाही ठकुरीसंगै उनी यतिबेला अमेरिकामा रहेकी छिन्। बलरामको परिवार अमेरिकामा नै बस्दै आएको छ। रेखाको अमेरिका यात्रालाई धेरैले सन्तानको भविष्यका लागी उतै जन्म दिन लागेको भनेर व्याख्या गरिरहेका छन्। अमेरिकामा जन्मिएको बच्चाले स्वतः अमेरिकाको नागिरक बन्ने अधिकार प्राप्त गरेको हुन्छ।

रेखाले नेपालमा भविष्य नदेखेर अमेरिका गाएको र वच्चालाई जन्म दिन लागेको लगायतका अनेकन कुरा मिडिया र सामाजिक संजालमा उठिरहेका छन्। प्राय मौन रहने रेखाले यो बिषयमा आफ्नो धारणा व्यक्त गरेकी छिन्। एक मिडियासंगको अन्तर्वार्तामा उनले अमेरिका यात्रा र सन्तानको बारेमा मुख खोलेकी छिन्।

उनले आफु गर्भवती भएकै कारण अमेरिका जान नहुने प्रतिप्रश्न समेत तेर्स्याएकी छिन्। उनले आफु बिदा मनाउन जान लागेको र प्रेग्नेन्सी र व्यतिगत जीवन नितान्त आफ्नो भएको समेत बताएकी छिन्। मैले मेरो जीवनको अहिलेसम्मको समय र बाँकी समय पनि नेपाल र नेपाली नागरिक नै भएर बिताउनेछु। मेरो सन्तान बालिग भएपछि जहाको नागरिकता लिन चाहन्छ त्यो उसको अधिकारको कुरा हो, रेखा भन्छिन्।

प्रतिक्रिया दिनुहोस्