दिनेश राउतको ‘पुजारी सार्की’ घोषणा, वास्तविक पात्रबाट प्रभावित


लभ स्टोरी जनराबाट सोसियल ड्रमामा आफुलाई अब्बल सावित गरेका दिनेश राउतको निर्देशनमा सातौ चलचित्र निर्माण घोषणा भएको छ। ‘पुजारी सार्की’ शिर्षकमा राउतले बिहिबार फेसबुक मार्फत चलचित्रको घोषणा गरेका हुन्। आगामी माघबाट छायाकनमा जाने चलचित्र वास्तविक कथा र पात्रबाट प्रभावित भएको बताईएको छ ।

पश्चिम नेपालमा छायाकन गरिने चलचित्रका कलाकारको बारेमा कुनै जानकारी गराईएको छैन। दिनेशले यस अगाडी निर्देशन गरेको पछिल्लो चलचित्र ‘प्रकाश’ ले राम्रो प्रतिक्रिया बटुलेको थियो । संगीतकार सुभाष भुषालको निर्माण रहने चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । किङ्गडम नेटवर्कको प्रस्तुतीमा चलचित्र निर्माण हुनेछ।

प्रतिक्रिया दिनुहोस्