सम्राट बस्नेतको निर्देशनमा दिपक मनाङ्गेको ‘कंगारु’


सम्राट बस्नेतको निर्देशनमा नयाँ चलचित्र ‘कंगारु’ निर्माण हुने भएको छ। सस्पेन्स, थ्रिलर र कमेडी जनरामा बन्न लागेको चलचित्रलाई गण्डकी प्रदेशका सांसद् तथा पूर्व खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले निर्माण गर्ने भएका छन्। २ बर्ष लगाएर चलचित्रको स्क्रिप्ट तयार पारेको निर्देशक बस्नेतले जानकारी दिएका छन्।

फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मस्ले आस्याप इन्टरटेन्मेन्टसँग सहकार्य गरेर निर्माण गर्न लागेको चलचित्रको निर्मातामा प्रेम थापा र धन बहादुर गुरुङ छन् । टिका भण्डारी र सन्तोष अधिकारी (अष्ट्रेलिया) कार्यकारी निर्माता रहेको चलचित्रको सह-निर्मातमा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् । चलचित्रको प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट (अष्ट्रेलिया) रहेको छ ।


सिमा गुरुङको कथा लेखन र महेश दवाडीको पटकथा लेखन छ रहेको चलचित्र आगामी फागुनदेखि छायांकन सुरु हुनेछ। चलचित्रका कलाकार तय भैसकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्