सुरु भयो ‘हामी तीन भाई’ सुटिङ्ग


असार २९ गते गोर्खास्थित मनकामना मन्दिरमा स्कृप्ट पुजा गरिएको चलचित्र ‘हामी तीन भाई’ को छायांकन सुरुवात गरिएको छ। साउन १९ गते शुक्रबारबाट मकवानपुरको चित्लाङबाट चलचित्रको छायांकन सुरु गरिएको हो ।

मधुसुदन भट्टराईको निर्देशनमा तयार हुने चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा ‘हर्के हवल्दार’, यादव देवकोटा ‘सरापे’, भुवन कुमार काफ्ले, नयन कला फुयाँल, पवन केसी, अन्जु हमाल, बिकास चापागाईं, सुष्मा निरौला, राज दिप, तारा शर्मा र बाल कलाकार एलेक्स खड्काको अभिनय रहनेछ ।

निर्देशक भट्टराईको कथा रहेको चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । साजित महत प्रस्तुतकर्ता रहेको चलचित्रमा विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता र प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ सह- निर्माता रहेका छन् ।

शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, एसबी सापकोटाको संगीत, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर, एलिस कार्कीको पाश्र्वसंगीत, बनिष शाहको सम्पादन रहेको चलचित्रको मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञान कुमार कट्टेल तथा सहायक निर्देशक दिनेश कार्की हुन् ।

प्रतिक्रिया दिनुहोस्