के दया र सुरक्षा ‘कर्साङ्ग’ मा साथ देखिदैछन् ?


यम शेर्पाको निर्देशनमा बन्ने चलचित्र ‘कर्साङ्ग’ को औपचारिक घोषणा चाडै गर्ने तयारीमा निर्माण टिम रहेको छ। दयाहाङ राई, बुद्धि तामाङ्ग, छिरिङ्ग शेर्पा लगायतका कलाकार सार्वजनिक गरेको निर्माण टिमले मुख्य अभिनेत्री भने लुकाईरहेको छ। यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रको अन्तराष्ट्रिय रिलिज सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले गर्ने भैसकेको छ । चलचित्रको निर्माण पक्ष र सेभेन सिज कम्पनीबीच आधिकारिक संझौता भइसकेको छ । सुटिङ्ग अगावै चलचित्रको ओभरसिज राइट्स बिक्रि भएको हो।


चलचित्रमा मुख्य अभिनेत्री को हुने भन्ने निर्माण टिमले लुकाए पनि अभिनेत्री सुरक्षा पन्तले चलचित्रमा काम गर्ने लगभग पक्का भएको बुझिएको छ। निर्माण टिम र अभिनेत्री पन्त बीच सम्झौता भैसकेको खबर रहेको छ। चाडै निर्माण टिम यो खबर सार्वजनिक गर्ने तयारीमा रहेको छ। दया र सुरक्षाले भैरे, के घर के डेरा मा साथ काम गरेका छन्। अभिनयमा अब्बल मानिएको यो जोडीको नया सहकार्य कर्साङ्गमा कस्तो रहने हो त्यो भने हेर्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्