समिक्षासंग प्रेम चर्चा पछि आमेश भन्छन्, ‘उनलाई पाउने मान्छे भाग्यमानी हुन्छ’


नायक तथा गायक आमेश भण्डारी र गायिका समिक्षा अधिकारीको निकटता सामाजिक संजालमा प्रस्ट देख्न सकिन्छ। अष्ट्रेलिया भ्रमणमा पुगेका आमेश र कार्यक्रमका लागी पुगेकी समिक्षाका टिकटक नेपालमा चर्चामा रहे। दुवैको प्रेम रहेको हल्ला चल्यो र सम्बन्ध अगाडी बढाउने सुझाव समेत सामाजिक संजालमा चल्यो। आमेशले अष्ट्रेलियाबाट फर्किएपछि एक टेलिभिजन अन्तर्वार्तामा आफुहरु दुवै निकटको साथी रहेको बताएका छन्। आमेशले पहिले समिक्षा अधिकारीलाई नाचिनेको तर चिन्दै जादा स्टुडियोमा भेट भएको र पहिलो भेटमा नै एकदम राम्रो मान्छे लागेको बताए।

अष्ट्रेलियामा संगै शो गर्ने पाएको र अझ नजिकबाट चिन्न पाएको पनि अमेशाले उक्त अन्तर्वार्तामा बताएका छन्। उनले अहिले आफुबीच केहि नभएको र भविष्यमा जे पनि हुन् सक्ने बताएका छन्। यहि उमेरमा म भन्दा उनि परिपक्क रहेको र उनी जस्तो बलियो आफु बन्न नसक्ने आमेशले बताएका छन्। भविष्यमा समिक्षालाई जसले पाउछ उहा भाग्यमानी हुनुहुन्छ तर म त्यो हुन् पाउला नपाउला थाहछैन। काल्पनिक सहि कार्यक्रम प्रस्तोताले समिक्षाको परिवार विवाहको लागी हात माग्न आए के गर्नु हुन्छ भन्दा उनले त्यस्तो अवस्था आए आफु भाग्यमानी हुने र हांसी हांसी स्विकार गर्ने बताएका छन्।

नोट: कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ का लागी प्रकाश सुवेदीले लिएको अन्तर्वार्ताका आधारमा तयार पारिएको समाचार

प्रतिक्रिया दिनुहोस्