‘वान एक्स बेट’ को प्रचार आरोपमा बल्छी ध्रुवे सहित समातिएका यी ८ नाम


प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’ को विज्ञापन गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यलयले ८ जना कलाकार र युट्युव कन्टेन्ट क्रियटरलाई पक्राउ गरेको छ। मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ , राजु पौडेल, पवन खतिवडा, एलिस राई, ज्वलन घर्ति मगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगमन नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाउ परेका सवैले वानएक्स बेटको विज्ञापन गरेको आरोप रहेको छ । प्रहरीले पक्राउ परेका सवैलाई म्याद थप गरेर अनुसन्धान गर्ने तयारी गरिरहेको छ । युट्युवमा आफ्नो प्रोमो कार्ड प्रयोग गरेर वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्