मुकुन र मेनुकाको ‘गणपति’ भदौमा रिलिज तयारी


मुकुन भुषाल र मेनुका प्रधान मुख्य भूमिकामा रहेको चलचित्र ‘गणपति’ भदौ १४ गतेबाट रिलिज हुने भएको छ। जनै पुर्णिमाको अवसर पारेर रिलिज हुने चलचित्रको सर्वाधिकार रामप्रसाद रिजालले लिएका छन् । उनी चलचित्र ‘डिसेम्बर फल्स’ का निर्माता हुन्। एबिगम्यान फिल्म्सले रिजाल एण्ड रिजाल प्रोडक्सनलाई चलचित्रको सर्वाधिकार दिएको हो ।

सविन अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्रमा मुकुन र मेनुकाको साथमा विता न्यौपाने, सूर्यमाला खनाल, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ ।
लक्ष्मण रिजालको निर्माण रहेको चलचित्रको कार्यकारी निर्मातामा विज्ञान केसी र अरविन्द्र गिरी रहेका छन्छ न् । निर्देशक अधिकारीले फिल्मले नेपाली समाजको वास्तविक चरित्रचित्रण गर्ने बताए। चलचित्रमा हरिबहादुर घलेको छायांकन, अनिस अधिकारीको शब्द तथा संगीत, देवेन्द्र बब्लु र अनिस स्वयंको स्वर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्