‘जारी’ को कमाई १२ करोड माथी, प्रदर्शनको तेश्रो हप्तामा प्रवेश


दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा रहेको चलचित्र ‘जारी’ले घरेलु बक्स अफिसमा आक्रामक कमाई गरेको छ। वैशाख १ गतेदेखि रिलिज भएको चलचित्र यतिबेला तेश्रो हप्तामा प्रदर्शन भैरहेको छ । प्रदर्शनको दुई हप्ता पार गरेको चलचित्रले १२ करोड माथिको ग्रस कलेक्सन गरेको निर्माण टिमले जानकारी दिएको छ।

चलचित्रको कमाई काठमाडौं उपत्यकाभन्दा मोफसलमा राम्रो देखिएको छ। तेश्रो हप्तामा पनि चलचित्रको अकुपेन्सी राम्रो देखिएको छ। नेपाल सहित अमेरिका, अष्ट्रेलिया र युरोपमा चलचित्र रिलिज भएको छ। उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको चलचित्रले लिम्बू संस्कृतीमा रहेको ‘जारी’ प्रथाको कथा बोलेको छ ।

प्रतिक्रिया दिनुहोस्