सुरक्षा पन्तको ‘बहाव’ ट्रेलर रिलिज


सुरक्षा पन्त मुख्य भूमिकामा रहेको चलचित्र ‘बहाव’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

जिज्ञासा, विचार अनि यथार्थको कथा बोल्ने चलचित्रलाई प्रमोद कंडेलले निर्देशन गरेका छन् । चैत्र २४ गते रिलिज हुने चलचित्रलाई संचारकर्मी श्रीधर पौडेलले निर्माण गरेका छन्।

चलचित्रमा कमलमणी नेपाल, अफ्रान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हिरालाल कंडेल र पवन श्रेष्ठको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्