बैशाख १ गते दयाहाङ्ग राईको ‘जन्त जाने दिन’ !


बैशाख १ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘बिहे पास’ का नयाँ पोष्टर सार्वजनिक भएको छ। निर्माण टिमले शिवरात्रीको अवसर पारेर ३ नयाँ पोष्टर सार्वजनिक गरेको हो।

दयाहाङ्ग राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ्ग, रविन्द्र झा, शिशिर वाङ्ग्देल मुख्य भूमिकामा रहेको चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका छन्। रोजन श्रेष्ठ निर्माता रहेको चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माताको रुपमा रहेका छन्। सार्वजनिक पोष्टरमा निर्माण टिमले बैशाख १ गतेलाई जन्त जाने दिनको रुपमा चित्रित गरेको छ।

आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्र नेपालका पूर्वी भागमा खिचिएको छ। निर्माण टीम टिजर सार्वजनिकको तयारीमा जुटेको छ।

प्रतिक्रिया दिनुहोस्