दया र मिरुनाको ‘जारी’ टिजरमा ‘पालाम’ ले छरेको सुगन्ध


नयाँ बर्षको अवसर पारेर बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जारी’ को टीजर सार्वजनिक भएको छ। ‘कबड्डी’ समुहले निर्माण गरेको चलचित्रको सार्वजनिक टिजरमा लिम्बु समुदायको परम्परा, संस्कृति, भेषभूषालाई प्रस्तुत गरिएको छ। एक लिम्बू दम्पतिको कथालाई लिम्बू समुदायमा गाइने ‘पालाम’ लाई कथावाचनको रुपमा प्रस्तुत गरिएको छ। सार्वजनिक टिजरमा दयाहाङ राई र मिरुना मगरलाई दम्पतीको रुपमा प्रस्तुत गरिएको छ।

टिजरमा दया र मिरुनाको प्रेम र झगडालाई प्रस्तुत गरिएको छ। टिजरमा रेखा लिम्बू र रोयदीप श्रेष्ठलाई समेत प्रस्तुत गरिएको छ। टिजरको मुख्य आकर्षण यहा प्रस्तुत गरिएको ‘पालाम’ हो। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रलाई रामबाबु गुरुङ्गले निर्माण गरेका छन्। जारी प्रथालाई मुख्य कथा बनाएर निर्माण गरिएको चलचित्रमा विजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्