कान्तिपुर फिल्म एकेडेमीले पुरा गर्दैछ तपाईको कलाकार हुने सपना


कान्तिपुर मोडल एजेन्सीको ब्यानरमा बन्न लागेको अन टाईटल्ड प्रोजेक्टका लागि अडिसन हुने भएको छ। अडिसनका लागि पुरुष कलाकारको हकमा १८ देखि २५ बर्ष उमेर हुनुपर्ने साथै महिला कलाकारको उमेर हद १८ देखि २२ बर्ष हुनुपर्ने छ भने बाल कलाकारको हकमा ४ देखि १२ बर्ष उमेर हद तोकिएको निर्माण टिमले जनाएको छ। आउँदो फागुनको अन्तिम साताबाट सुरु हुने अडिसनका लागी इच्छुक कलाकारहरुले कान्तिपुर मोडल एजेन्सीको अफिसियल पेजमा गएर सम्पर्क गर्न सक्नेछन्।

दुर्गा बिस्टको प्रस्तुती रहने चलचित्रका निर्देशक भने हालसम्म तय भैसकेका छैनन्। हाल सम्म गोविन्द राज खड्का, मनोज दर्नाल लगायत केहि कलाकारहरुको छनौट भएता पनि आगामी अडिसनबाट सम्पूर्ण कलाकारहरु पक्का हुने जानकारी निर्माण दिएको छ। अडिसनबाट छानिएका कलाकारहरुलाई लिएर निर्माणले वर्कशप गरे पछि चलचित्र छायांकनमा जानेछ। चलचित्रमा केहि नँया र पुराना कलाकारहरुको पनि अभिनय हेर्न सकिनेछ।

सोसियल ड्रामामा आधारित चलचित्रको अडिसनमा निर्देशक शंखर कार्की, कास्टिङ्ग निर्देशक सुरेन्द्र क्षेत्री र थिएटर आर्टिस्ट सागर कार्कीले निर्णायकको भूमिका निभाउने छन्। राजन कार्कीले निर्माण गर्न लागेको चलचित्रको बारे अझ बढी जानकारी निर्माण चाडै नै दिने योजना निर्माण टीमले बनाएको छ।

प्रतिक्रिया दिनुहोस्