बुद्धि सागरको ‘फिरफिरे’ अब ‘मुनमुन’ बनेर मण्डलामा मन्चन हुदै


बुद्धि सागरको सफल उपन्यास ‘फिरफिरे’ बाट प्रेरित एक नाटक मन्चन हुने भएको छ। ‘मुनमुन’ शिर्षक दिईएको नाटक सम्राट भुजेलको निर्देशन र लेखनमा तयार हुदैछ। श्रीशेष श्रेष्ठको सह-निर्देशनमा तयार हुने नाटकमा किशोर महर्जनको संगीत रहेको छ।

मनीषा ओझा, श्रीशेष श्रेष्ठ, सम्राट् भुजेल, प्रविन खरेल, सन्तोष गिरि, प्रशंसा सिवाकोटी, दिग्गज खत्री, सृष्टि महर्जन, दीपेश गजुरेल, अरुण शाह, सवि थापा, रिता साइजु, भुवन लुहार, मनोज पोख्रेल, किशोर थापा, विशाल बुढा क्षेत्रीको अभिनय नाटकमा रहेनछ । मण्डला नाटक घरमा फागुन ५ गते देखि २० गतेसम्म नाटक मन्चन हुनेछ। सोमबार बाहेक हरेक दिन साँझ ५;१५ बाट नाटक मन्चन हुनेछ भने शनिबार १:३० र ५:१५ गरि दुइ शो मन्चन हुनेछ।

प्रतिक्रिया दिनुहोस्