कार्तिकमा ‘महापुरुष’, पोष्टरमा हरिवंश र गौरी


प्रदिप भट्टराई निर्देशित नयाँ चलचित्र ‘महापुरुष’ को फस्टलुक पोस्टर र रिलिज मिति तय गरिएको छ । औपचारिक घोषणा र जानकारी बिना नै सुरुवात गरिएको चलचित्रको भर्खरै छायाँकन सकिएको हो। चलचित्रको रिलिज मिति कार्तिक ११ गतेलाई तय गरिएको छ। यो मिति हिन्दुहरुको महान पर्व तिहारको भाइटिका लक्षित गरिएको छ।

चलचित्रका सार्वजनिक दुई पोष्टर आकर्षक बनेका छन् । एक पोष्टरमा मुख्य कलाकार हरिवंश आचार्य र गौरी मल्ल घांटीमा दुवोको माला लगाएर बेहुला बेहुलीको भेषमा देखिएका छन् । दोश्रो पोष्टरमा पिंजडा माथीको सुगालाई हेरेर हरिवंश मुस्कुराईरहेका छन् ।


चलचित्रमा हरिवंश र गौरीको साथमा मदनकृष्ण श्रेष्ठ, रबिन्द्र सिह बानियाँ, अरुण क्षेत्री, राजाराम पौडेल, अन्जना बराइली, शिखा तामाङ्ग लगायतका कलाकारको अभिनय रहेको छ। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रमा दिपेश खत्री निर्माता र रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्