चितवनमा प्रेमी शरदसंग इन्दिराको विवाह


गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासंग मंगलबार विवाह गरिन्। दुवैतर्फका परिवार र सिमित आफन्तको उपस्थितिमा इन्दिरा र शरदले चितवनको बाराही जंगल लजमा सात फेरा लिए।

दुवै पक्षका गरेर करिव ५० अतिथि आमन्त्रित रहेको बताइएको छ। शरद पेसाले फेसन डिजाइनर हुन्। इन्दिरालाई गएको बर्ष नाम्चे मा शरदले विवाहको प्रस्ताव राखेका थिए र इन्दिराले त्यहि स्विकार समेत गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्