रानी र राजेशको सहकार्यमा ‘धेरै प्रश्न’, पुष्पसँग सलिनाको रहस्यमयी प्रेम


गायिका रानी शाक्यले अर्को मर्मस्पर्शी गीत सार्वजनिक गरेकी छिन् । ‘धेरै प्रश्न’ बोलको गीतमा रानीको स्वर, राजेश शाक्यको शब्द र कल्याण सिंहको संगीत छ ।यो गीतले माया गरेको मान्छे जहाँ भएपनि उसको प्रतिक्षमा बाँच्नु निकै मिठो हुने भाव बोकेको छ । माया गरेको मान्छे जती टाढा भएपनि उसँग जोडिएका प्रश्नहरु नजिकै हुने मर्म गीतले बोल्छ ।

गीतको भिडियोलाई सफल चलचित्र निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । दीपेन्द्रले भिडियोलाई रहस्यमयी बनाएका छन् । जसलेगर्दा, दर्शकलाई भिडियो अन्तिमसम्म हेर्न कौतुहलता जाग्न सक्छ । भिडियोमा नायक पुष्प खड्का, मोडल सलिना खत्री र कलाकार कृष्ण सिवाकोटीलाई देख्न सकिन्छ ।

पुष्प र सलिनाको रहस्यमा रहेको प्रेमको कथामा भिडियो बगेको छ । भिडियोमा दीपेन्द्रकै कथा, कृष्ण भण्डारीको सम्पादन, वुद्ध थापाको छायांकन, निर्मला खत्रीको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्